Monday, March 17, 2025
समाजकतारमाथि नेपालको शानदार जीत, इन्दुले रचिन् इतिहास

कतारमाथि नेपालको शानदार जीत, इन्दुले रचिन् इतिहास

टी- २० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध ११९ रनले विजयी भएको छ ।नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको कतारले ११.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रनमा अलआउट भयो ।

कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८/८ तथा केरी पाउनसेटले ७ र रिज्फा बानोले ३ रन बनाए ।कुनै पनि खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । उसका ६ खेलाडी शून्य रनमा आउट भए । नेपालका लागि कप्तान रुविना क्षत्रीले उत्कृष्ट बलिङ गरिन् । उनले १.५ ओभरमा १ रन मात्र खर्चिएर ३ विकेट लिइन् ।

यस्तै, कविता कुँवर र सरस्वती कुमारीले २/२ विकेट लिँदा करुण भण्डारीको नाममा १ विकेट रह्यो । यसअघि दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो ।नेपाली टोलीले टी- २० अन्तर्राष्ट्रियमा बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो । यसअघि नेपालले सन् २०१९ मा मलेसियाविरुद्ध १२६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले अर्धशतकीय पारी खेलिन् ।

उनले ४७ बलमा ५ चौकाको मद्दतमा ५५ रन बनाएर रिटायर्ड हर्ट भइन् । टी- २० अन्तर्राष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो । यसका साथै उनी नेपालका लागि टी- २० आईमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी पनि बनिन् ।फाइल फोटो

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img