शिक्षाचर्को गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थाले, विद्यालय बन्द हुँदै

चर्को गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थाले, विद्यालय बन्द हुँदै

रौतहट |  पछिल्लो केही दिन देखि लागिरहेको चर्को घाम सँगै बढेको गर्मीको कारण रौतहटका विद्यालयमा अध्ययनरत बालबालिकाहरू बेहोस हुन थालेका छन् । पछिल्लो एक सातादेखि सूर्योदय हुनासाथ चर्को घाम सँगै अत्यधिक गर्मी बढिरहेको कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ। 

गर्मीले सर्वसाधारण मानिस काम विशेष बाहेक घरबाहिर निस्कन छाडेका छन्। सरकारी कार्यालयमा  सेवाग्राहीको सङ्ख्या न्यून भएको छ। तीन-चार दिन देखि ४० डिग्रीको हाराहारीमा तापमान रहँदा मानिसको जनजीवन प्रभावित बनेको हो।

आइतबार बौधीमाई नगरपालिका ८ का ५५ वर्षीय जयमंगल यादव अत्यधिक गर्मी सहन नसकेर देवाही गोनाही मौलापुर सडकखण्ड अन्तर्गत लाल बकैया पुलमा ढलेर मृत्यु भएको थियो।

यसैबिच शिक्षा विकास तथा समन्वय इकाई रौतहटले जिल्लाको १८ वटै पालिकामा रहेका सामुदायिक विद्यालयहरूलाई बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिन आग्रह गरेका छन् । गर्मीका कारण विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरू मुर्छा पर्ने तथा अन्य लक्षणहरूले ग्रसित भइरहेको हुँदा तत्काल विद्यालयमा बिदा दिन शिक्षा विकास तथा समन्वय इकाई निर्देशन दिएको छ ।

जिल्लाको १८ स्थानीय तह मध्ये इशनाथ र गरुडा नगरपालिकाले जेठ १६ गते देखि १८ गते सम्म तिन दिन बिदाको लागि सूचना जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img