Friday, January 17, 2025
समाजजङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

हेटौँडा | मकवानपुरमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ७ दुगुवाङमा जङ्गली च्याउ खाएर एकै परिवारका पाँच जना बिरामी भएका हुन्।

स्थानीय बल बहादुर प्रजाले जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि उनी र उनका परिवारका सदस्यहरू बिरामी परेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ५५ वर्षीय बल बहादुर प्रजाको अवस्था गम्भीर रहेको छ भने उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, १५ वर्षीया छोरी रेन्जु प्रजा, ८ वर्षीया छोरी सविना प्रजा र १० वर्षीय छोरा सुशल प्रजाको अवस्था मध्यम रहेको छ। सबै बिरामीहरूलाई उपचारका लागि चितवनतर्फ पठाइएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक बृज किशोर साह गोढको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । घटनास्थल प्रहरी चौकी कान्द्राङबाट करिब ७ घण्टा पैदल दूरीमा रहेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img