Sunday, July 20, 2025
समाजचिनीले क्यान्सर हुन्छ ?

चिनीले क्यान्सर हुन्छ ?

spot_img

काठमाडौं | चिनी खानाले क्यान्सर हुन्छ भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिरहेको छ। तर के यो सत्य हो? विज्ञहरूको अनुसार यसको जवाफ त्यति सरल छैन।

पोषणविद् प्रतिमा सेन केसीका अनुसार, प्रशोधित चिनी (सुक्रोज) को अत्यधिक सेवनले शरीरलाई हानि पुर्‍याउन सक्छ। यसले मोटोपन र मधुमेहको जोखिम बढाउँछ।

- Advertisement -

हालैको फ्रान्सेली अध्ययनले दैनिक १०० मिलिलिटर चिनीयुक्त पेय पदार्थ सेवन गर्दा क्यान्सरको जोखिम १८% बढ्ने देखाएको छ। तर यो अध्ययन मुसामा गरिएको थियो र मानिसमा यसको प्रभाव अझै अनिश्चित छ।

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार, “चिनीले सिधै क्यान्सर गराउँछ भन्ने कुरामा कुनै ठोस प्रमाण छैन।” तर उनले मोटोपन र नियन्त्रित नभएको मधुमेहले क्यान्सरको जोखिम बढाउन सक्ने बताए।

अमेरिकन क्यान्सर सोसाइटी र नेशनल क्यान्सर इन्स्टिच्युटले पनि चिनीमा क्यान्सर गराउने कार्सिनोजेनिक तत्व नभएको जनाएका छन्। तर अत्यधिक चिनीयुक्त खानाले मोटोपन बढाई क्यान्सरको जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्।

निष्कर्षमा, चिनीले सिधै क्यान्सर गराउँछ भन्ने कुरा अहिलेसम्म प्रमाणित भएको छैन। तर स्वस्थ जीवनशैलीका लागि चिनीको सेवन सीमित मात्रामा गर्न सुझाव दिइएको छ। महिलाले दैनिक २५ ग्राम र पुरुषले ३६ ग्रामभन्दा बढी चिनी नखान अमेरिकन हार्ट एसोसिएसनले सिफारिस गरेको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img