Thursday, June 12, 2025
समाजस्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप

स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप

spot_img

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफुलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा ढकालले आफुलाई वाग्लेको सचिवालयबाट पटक पटक फोन गरिएको र आफूसँग बस्ने भाईलाई फोन गरेर कुट्ने धम्कि दिएको आरोप लगाएका छन् ।

-Ads-

उनले भनेका छन्- ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन । मसँगै बस्ने भाइलाई फोन गरेर “मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन”… लगायत अनेक भनेकाले, हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु ।’

ढकालले एक अन्तर्वार्ताको क्रममा रास्वपा सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले भारतीय विदेशमन्त्रीलाई भेटेपछि आफुहरुलाई देशको नेतृत्व दिएमा नेपाललाई भारतको राज्य वा भुटान जस्तो बनाउन दिन सकिने आफूसँग बताएको विवादित अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्ति सामाजिक सञ्जाल र मिडियामा भाइरल बनेको छ ।
 
 

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img