Saturday, May 17, 2025
राजनीतिकेपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, सोमबार शपथ लिने
spot_img

केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, सोमबार शपथ लिने

spot_img

काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज नेपालको नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्न लागेका हुन्।

ओलीले शुक्रबार राति संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदको लागि दाबी पेश गरेका थिए। नेपाली कांग्रेसको समर्थन प्राप्त गरेका ओली चौथो पटक प्रधानमन्त्री बन्न लागेका हुन्।

स्रोतका अनुसार, ओलीले सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए अनुसार, राष्ट्रपति कार्यालयले जारी गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्म रहेकाले शपथग्रहण सोमबार मात्र हुने भएको हो।

यसअघि, पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका थिए। त्यसपछि राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्री पदको लागि दाबी पेश गर्न आह्वान गरेका थिए।

ओलीको यो नियुक्तिसँगै नेपालमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img

spot_img