Wednesday, May 14, 2025
समाजधरान उपमहानगरमा बजेट अनुमोदन अनिश्चित: मेयर र कार्यपालिका बीच मतभेद
spot_img

धरान उपमहानगरमा बजेट अनुमोदन अनिश्चित: मेयर र कार्यपालिका बीच मतभेद

spot_img

धरान | धरान उपमहानगरपालिकाको नगरसभा आर्थिक वर्षको अन्तिम दिन सोमबार पनि हुन सकेन। कार्यपालिका सदस्यहरूले बजेटमा सहमति जनाएपछि नगरसभाका लागि सबै तयारी पूरा भए पनि मेयर हर्क साम्पाङ र अन्य जनप्रतिनिधिहरू बीचको मतभेदका कारण सभा स्थगित भयो।

मुख्य विवादको विषय करार कर्मचारीहरूको नियुक्ति नवीकरण रह्यो। कार्यपालिका सदस्यहरूले लोकसेवा आयोगबाट पदपूर्ति नहुँदासम्म सबै करार कर्मचारीहरूको नियुक्ति नवीकरण गर्नुपर्ने माग राखे। तर मेयर साम्पाङले कार्यकुशलता र सन्तोषजनक कार्यसम्पादन नगरेका कर्मचारीहरूलाई हटाउने निर्णयमा जोड दिए।

नगर प्रवक्ता तथा वडा नं. १७ का अध्यक्ष सूर्य बहादुर भट्टराई (मनोज) ले भने, “निर्णय सच्याएर नगरसभा गरौँ भन्दा मेयर सम्पाङ फुत्त गाडी चढेर हिँडेका कारण नगर सभा भएन।” उनले थप बताए कि कार्यपालिकाबाट बजेट पास भइसकेको तर नगर सभाबाट अनुमोदन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

यस घटनाले गर्दा नगरसभा सदस्यहरूले विरोध प्रदर्शन गरे। बजेट अनुमोदन नहुँदा आगामी आर्थिक वर्षको विकास कार्यक्रम र सेवा प्रवाहमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ। मेयर र कार्यपालिका सदस्यहरू बीच सहमति नभएसम्म नगरसभाको भविष्य अनिश्चित देखिएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img

spot_img