मुगुमा एक बालिका बिहीबारदेखि बेपत्ता भएकी छन् । जिल्लाको खत्याड गाउँपालिका-४ का प्रकाश थापा की ६ वर्षीया छोरी रियाना थापा पौडी खेल्ने क्रममा बिहीबारदेखि बेपत्ता भएकी हुन् ।
बिहीबार ४ बजे तिर आफ्नै घर नजिकैको खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।
उनका अनुसार बिहीबारदेखि माझचौर प्रहरी पोस्टका प्रहरी र घर परिवार तथा स्थानीयहरूले खोज तलास गरिरहेका छन् । लगातार खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।