Wednesday, February 12, 2025
समाजआर्थिक मन्दीले सुनसरीमा २ सय ४ उद्योग बन्द

आर्थिक मन्दीले सुनसरीमा २ सय ४ उद्योग बन्द

सुनसरी | सुनसरीमा २०८०/८१ मा आर्थिक मन्दीका कारण बन्द भएका तथा नियमानुसार सञ्चालनमा आउन नसकेका साना तथा मझौला गरी २ सय ४ उद्योग खारेजीमा परेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख हरि लामिछानेका अनुसार साना तथा मझौला गरी जिल्लामा करिब १८ हजार उद्योग तथा व्यवसाय सञ्चालनमा छन् ।

उनका अनुसार गत आवमा सुनसरीमा ५६६ नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिँदा कार्यालयले १८ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

कार्यालयले उद्योगतर्फ एक करोड एक लाख ७४ हजार २६०, वाणिज्यतर्फ एक करोड १२ लाख ५७ हजार ५४० र बिक्री आयबाट ७० हजार गरी कुल दुई करोड १५ लाख एक हजार ८०० रुपैयाँ राजस्व संकलन गरेको प्रमुख लामिछानेले जानकारी दिए ।

गत आवमा सनुसरीका १२४ साना तथा मझौला उद्योगले पुँजी वृद्धि गरेका छन् । ती उद्योग तथा व्यवसायले ४४ करोड ५३ लाख १३ हजार पुँजी वृद्धि गरेका हुन् । गत आवमा घरेलु कार्यालय सुनसरीले दुई करोड १५ लाख एक हजार ८०० राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

सुनसरीमा सञ्चालित धेरै उद्योग तथा व्यवसाय सञ्चालनमा भए पनि नवीकरण गर्नेको संख्या कम देखिएको छ । गत आव २०८०/८१ मा एक हजार ३५२ उद्योगले मात्रै नवीकरण गरेका छन् । उद्योग दर्ता तथा नवीकरणवापत कार्यालयले ६७ लाख आठ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत आवमा २४ उद्योगले ठाउँसारी र ६५ उद्योगले नामसारी गरेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस