Wednesday, March 26, 2025
समाजकांग्रेसमा ‘ग्याङ फाइट’ : देउवा पक्षले पौडेल पक्षलाई कुट्दा ५ जना घाइते

कांग्रेसमा ‘ग्याङ फाइट’ : देउवा पक्षले पौडेल पक्षलाई कुट्दा ५ जना घाइते

भैरहवा । रुपन्देहीमा नेपाली काँग्रेसका दुई समूहबीच ‘ग्याङ फाइट’ (झडप) भएको छ । झडपमा ५ जना घाइते भएका छन् । शेरबहादुर देउवा पक्षले रामचन्द्र पौडेल पक्षलाई कुटपिट गर्दा पाँच जना घाइते भएका हुन् । शुक्रबार भएको क्षेत्र नम्बर ३ प्रदेश सभा (क) को निर्वाचनको मतगणना भइरहँदा देउवा पक्षले पौडेल पक्षलाई कुटपिट गरेको काँग्रेस स्थानीय नेता संजीव शर्मा रेग्मीले जानकारी दिए ।

भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा मतगणना भइरहँदा गएराति २–२ः३० बजेको बीचमा देउवा पक्षबाट आफ्नो समूहमाथि कुटपिट भएको काँग्रेस क्षेत्र नम्बर ३ प्रदेशसभा (क) का उम्मेदवार पुरनप्रसाद श्रेष्ठले बताए ।कुटपिटबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेसकुमार पन्त गम्भीर घाइते भएका छन् । घाइते पन्तलाई भीम अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँबाट मणिग्रामस्थित क्रिमिशन अस्पतालमा रेफर गरिएको थियो । क्रिमिशन अस्पतालले लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरेको थियो ।

अहिले पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । ‘गुण्डागर्दी शैलीमा कुटपिट भएपछि पन्तजी गम्भीर घाइते हुनुभएको छ’, श्रेष्ठले भने, ‘नाकमा ठूलो चोट लागेको छ, शरीर रगताम्य भएको छ ।’देउवा पक्षको कुटपिटपछि घाइते भएका अन्य ५ जनाको भैरहवामै उपचार भइरहेको छ । श्रेष्ठका अनुसार तरुणदल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको देउवा पक्षका युवाहरुको समूहले पन्तलगायतलाई कुटपिट गरेको हो ।

मतगणनाका क्रममा श्रेष्ठ पक्षीय उम्मेदवारले अग्रता लिन थालेपछि जेनेटर बन्द गरी देउवा पक्षले आक्रमण गरेको हो । विवाद र कुटपिट भएपछि अहिले मतगणना स्थगित भएको छ ।रुपन्देही प्रहरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले घटनाबारे आफूहरुलाई केही जानकारी नभएको बताए । उनले भने, ‘म रातभरी त्यही मतगणना स्थलमा खटिएको थिएँ तर त्यहाँ कुनै किसिमका झैझगडा भएको छैन । बाहिर कतै भएको भए थाहा भएन ।’

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img