काठमाडौं | राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डाक्टर महाविर पुनले विरगन्जस्थित कृषि औजार कारखाना संचालनका लागि सुरु गरेको आफ्नै आत्मकथा विक्री अभियानले दुईसय दिन नाघेको छ।
अभियानको दुईसय दिनमा पुनले २ हजार ८ सय ४० किलोमीटरको यात्रा पूरा गर्दै १ लाख २५ हजार वटा किताब बिक्री गरेका छन्। प्रति किताब ७५० रुपैयाँको दरले बिक्री गर्दै पुनले कुल ९ करोड ३८ लाख रुपैयाको कारोबार गरेका हुन्।
कारखाना संचालनको लागि पर्याप्त सरकारी सहयोग नपाएको भन्दै पुनले आफ्नो आत्मकथा विक्रीबाट उठेको रकम कारखाना निर्माणमा लगाउने योजना बनाएका हुन् ।
कृषि उत्पादनलाई आधुनिकीकरण गर्ने लक्ष्यका साथ पुनले आविष्कार केन्द्रको सहयोगमा विरगन्जमा बन्द भएको सरकारी उद्योगलाई पुनः सञ्चालनमा ल्याएर कृषि मेशिनरीको परीक्षण गरिरहेका छन्।