समाजबेलबारीमा भएको दुर्घटनामा मृत्यु भएका प्रहरी जवान राईको संखुवासभामा अन्त्येष्टि !

बेलबारीमा भएको दुर्घटनामा मृत्यु भएका प्रहरी जवान राईको संखुवासभामा अन्त्येष्टि !

बेलबारी | मोरङको बेलबारीमा दुर्घटना हुँदा मृत्यु भएका अस्थायी प्रहरी पोष्ट नडाहा, सुनसरीमा कार्यरत प्रहरी जवान चित्रसागर राईको अन्त्येष्टि गरिएको छ ।

दुर्घटनामा घाईते राईको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा असामयिक निधन भएको थियो । निजको पार्थिव शरीरलाई निजको गृह जिल्ला संखुवासभाको खाँदबारी नगरपालिका ५ माल्टामा परिवारजनद्वारा आफ्नो रितिरिवाज बमोजिम अन्त्यष्टि गरीएको छ ।

अन्त्यष्टिमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिशेक कुमार श्रेष्ठ, जुनियर प्रहरी अधिकृत लगायतका प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अन्त्यष्टि कार्यक्रममा दिवंगत प्रहरी जवान चित्र सागर राईको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउनुका साथै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलिले अन्तिम शोक सलामी समेत अर्पण गरेको थियो ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img