Monday, May 12, 2025
समाजरवि लामिछाने पक्राउ पर्दै, सीआईबी टोली रास्वपा कार्यालयमा पुग्यो

रवि लामिछाने पक्राउ पर्दै, सीआईबी टोली रास्वपा कार्यालयमा पुग्यो

काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ पर्न लागेका छन्।

सहकारी ठगी आरोपमा कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली उनलाई पक्राउ गर्न रास्वपा कार्यालय पुगेको छ ।

एसपीको नेतृत्वमा सीआईबी टोली लामिछानेलाई नियन्त्रणमा लिन तयार छ भने रास्वपा कार्यालय बाहिर प्रहरीको बाक्लो उपस्थिति देखिएको छ। समर्थकहरूको भिड र नाराबाजीबीच तनाव रोक्न प्रहरीको व्यापक परिचालन गरिएको छ।

प्रहरीले लामिछानेलाई आजै कास्की पठाउने तयारी गरेको छ।

Advertisement

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img

सिफारिस