Thursday, March 20, 2025
हेडलाईनरवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ, के हुन्छ अब?

रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ, के हुन्छ अब?

काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधको अभियोगमा पक्राउ गरेको छ। आजै उनका सहकर्मी छविलाल जोशीलाई पनि २० दिनको म्याद थप गरिएको छ। असोज १७ गतेदेखि लागू हुनेगरी जोशीमाथि पनि थप अनुसन्धान गर्न अनुमति दिइएको छ।

के हुन्छ अब?

लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा पेस गरिनेछ। शनिबार बिदा भएकाले आइतबारमात्र उनीमाथि अनुसन्धान सुरु हुनेछ। प्रहरीले तीनवटा अभियोग सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको आधारमा अनुसन्धान गर्ने तयारी गरेको छ।

अदालतमा पेस भएपछि सरकारी वकिलहरूको टोलीले बहस गर्नेछ। सम्भवत: सुरुमा पाँचदेखि सात दिनको म्याद थप हुनेछ। अनुसन्धान प्रतिवेदन तयार नभएसम्म म्याद थपको प्रक्रिया जारी रहन्छ। सहकारी ठगी र संगठित अपराधमा प्रहरीले ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउनेछ भने सम्पत्ति शुद्धीकरणको मामिलामा ९० दिनसम्म म्याद थप गर्न सकिनेछ।

रविको दाबी

लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गरेका छन्। उनले राज्यले राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरेको आरोप लगाउँदै भने, “अदालतको प्रक्रिया सम्मान गर्छु, तर राजनीतिक पूर्वाग्रहमा लड्न तयार छु।”

उनले राज्यको दादागिरीको डटेर सामना गर्ने कुरा पनि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा उल्लेख गरे।

अहिलेसम्म, लामिछानेलाई आइतबार अदालतमा पेस गरिएपछि थप निर्णय आउनेछ। अदालतले धरौटीमा छाड्ने कि थुनामा पठाउने भन्नेबारे फैसला गर्नेछ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस