Thursday, December 5, 2024
समाजधनकुटा र भोजपुरका विभिन्न स्थानमा गाँजा खेती फडानी गरी नष्ट

धनकुटा र भोजपुरका विभिन्न स्थानमा गाँजा खेती फडानी गरी नष्ट

भोजपुर | धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानहरूमा अवैध रूपमा लगाएको गाँजाको बोटहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अवैध रूपमा लगाएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान अनुसार धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले गाँजा नष्ट गरेको हो ।

शहिदभूमि गाउँपालिकाको विभिन्न क्षेत्रका साढे १३ रोपनी क्षेत्रफलमा प्राकृतिक रूपमा डाँडा पाखामा हुर्केका ११ हजार गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका विभिन्न इलाकाहरूको करिब १० रोपनी पाखा बारीमा लगाएको ७ हजार ४ सय गाँजाको बोट फडानी गरी नष्ट गरेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img