हेटौंडा | हेटौंडा उपमहानगरपालिकाको १६ औं नगर सभा सम्पन्न भएको छ । बागमति प्रदेशको राजधानी शहर समेत रहेको हेटौंडा उपमहानगरपालिकाको १६ औं सभाले बजेटको आकारलाई २० करोड रुपियाँले बढाएको छ । चालु आर्थिक बर्ष २०८१/०८२ को असारमा ल्याएको बजेटलाई संशोधन गर्दै शुक्रवारको १६ औं सभाले बजेटको आकार बढाएको हो । उपमहानगरको नगर सभाले उपप्रमुख राजेश बानियाँले आर्थिक बर्ष २०८१/०८२ को हाल सम्मको प्रगति समिक्षा एवम् संशोधित कार्यक्रम प्रस्तुत गर्दै संसोधन सहितको २ अर्व ७२ करोड रुपियाँको बजेट पास गरेको हो । चालु आर्थिक बर्षको असारमा भएको नगर सभाले २ अर्व ५२ रुपियाँको बजेट उपमहानगरले ल्याएको थियो ।
उपमहानगरले अनिवार्य दाईत्व सिर्जना भएका खर्चहरु व्यवस्थापनका लागि गत असारमा पास भएका बजेटमा लागि १९ करोड ९७ लाख १० हजार रुपियाँ थप गरेको हो । श्रोत व्यवस्थापनका लागि आन्तरीक आय तर्फको ढुङगा गिटि बालुवाको ॅआईईई’ गरी ठेक्काको चरणमा रहेको, करको दायरा बृद्धि गर्ने कार्यका लागि व्यवसाय दर्ता गराउन घुम्ती शिबिर सञ्चालन गर्ने र खर्च नहुने बजेट शिर्षकबाट श्रोत व्यवस्थापन गर्दै अघि बढ्ने निणर्य नगर सभाले गरेको छ । त्यस्तै सभाले आउदो चैत्र मसान्त सम्म योजना सम्झौता गरी जेठ मसान्त सम्म योजना सम्पन्न गर्ने निणर्य नगर सभाले गरेको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले बताए ।
उपमहानगरले चालु आर्थिक बर्षमा बहुवर्षिय योजनाहरुको भुक्तानी तथा पुर्वाधार योजनाको लागि ५ करोड, सिमलटार खानेपानी योजनाका लागि ५० लाख, कार्यालयको इन्धन व्यवस्थापनका लागि १ करोड, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि २३ करोड, समुदायीक बिद्यालयको इसिडि शिक्षक तथा बिद्यालय कर्मचारी प्रोत्साहनका लागि १ करोड २२ लाख सहित बिभिन्न १२ शिर्षकमा दायित्व अनुमान गरेर बजेट संसोधन गरेको छ ।
उपमहानगरले चालु आर्थिक बर्षको मंसिर मसान्त सम्ममा संघिय समानीकरण तथा सशर्त अनुदान तर्फ ४५ करोड ८ लाख ९० हजार, प्रदेश सरकार समानीकरण तथा सर्शत र समपुरक अनुदान तर्फ ३ करोड ८ लाख ९० हजार, संघिय र प्रदेश सरकारबाट राजश्व बाडफाड तर्फ १४ करोड ६८ लाख ९ हजार, आन्तरीक श्रोत र गत बर्षको मौज्दातबाट २० करोड ६२ लाख १७ हजार र नगर बिकास कोषबाट ऋण १ कारोड ४८ लाख ४२ हजार गरी ३२ दश्मलब २३ प्रतिशत आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिबेदन अनुसार उपमहानगरले मंसिर मसान्त सम्म ४५ करोड ११ लाख ६८ हजार रुपियाँ बिभिन्न शिर्षकमा खर्च गरेको जनाएको छ ।
नगर सभाले खानेपानी, सरसफाई तथा स्व्चछता सम्बन्धि बिद्ययक २०८१, संघ सस्था दर्ता नियमन गर्ने सम्बन्धी बिद्ययक २०८१, हेटौडा उपमहानगरपालिका शिक्षा ऐन दोश्रो संशोधन बिद्ययक २०८१, वाताबरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दोश्रो संशोधन बिद्ययक २०८१ सर्बसम्मत पारीत गरेको छ । नगर सभा नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको थियो । सभामा नगर प्रमुख लामाले नगरवासीको अपेक्षा धेरै भएपनि सिमित श्रोत साधनका कारण सोचेजत्ती काम गर्ने अवस्था नभएको बताइन् । उनले अहिलेको अवस्थामा सबैको साथ र सहयोग लिएर अघि बढ्नु पर्ने जरुरी रहेको औल्याइन । सबै बिकासका कामका लागि आर्थिक श्रोतको सुनिश्तिता जरुरी रहेपनि अहिले यो अवस्था नरहेको बताइन् । श्रोत अभावको समयलाई मुल्याङकन गर्दै बिकासका योजनाहरु बनाउन जरुरी रहेको उनको भनाई थियो ।