सुनसरी | सुनसरीको इटहरी र दुहबीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो इटहरी उपमहानगरपालिका– १३ कालीमन्दिर स्थित कोशी लोकमार्गमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र १–०२–०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई प्र १–०१–००२ त ०२४९ नम्बरको ट्याक्टरले ठक्कर दिदा मोटरसाइकल चालक मोरङ रंगेली नगरपालिका– ६ का ४३ वर्षीय बलराम सरदारको मृत्यु भएको हो ।
बुधबार बेलुका सुनसरीको दुहबी नगरपालिका– ८ जुटमिल अगाडी दुहबीबाट इटहरी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७च ०४८२ नम्बरको कारको ठक्करबाट बाटाे क्रस गर्दै गरेका पैदल यात्री सोही स्थानका ४५ वर्षीय गणेश गुप्ताको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु भएकाहरुलाई दुर्घटना लगतै उपचारका लागि विराट मेडिकल कलेज भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।