Sunday, January 19, 2025
समाजपुस ७ गते देखि १३ गतेसम्म दिनको तीन घण्टा मुग्लिन–नौबिसे सडक बन्द...

पुस ७ गते देखि १३ गतेसम्म दिनको तीन घण्टा मुग्लिन–नौबिसे सडक बन्द हुने

मुग्लिन | पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गतेदेखि १३ गतेसम्म दिनको तीन घण्टा बन्द गर्न लागिएको हो

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडकखण्डको पोखरेभिर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गतेदेखि १३ गतेसम्म दिनको तीन घण्टा बन्द गर्न लागिएको हो ।

नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दरईका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म सवारी रोकेर काम गर्न लागिएको हो । उनका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।

यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेँसीमा रोकिनेछ । यसैगरी, विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौँदी बजारमा रोकिनेछन् भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनीघाट बजार र हलुका सवारीसाधन विशालटारमा रोकिनेछन् । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिनेछ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img