समाजआजदेखि १५ दिन दैनिक ११ घण्टा बन्द

आजदेखि १५ दिन दैनिक ११ घण्टा बन्द

आजदेखि तानसेन तम्घास सडकखण्ड १५ दिन दैनिक ११ घण्टाका दरले  बाटो बन्द  गर्ने पाल्पा –सडक डिभिजन कार्यालयले जनाएको छ ।

सडक फराकिलो बनाउनको लागि कार्यालयले मंसिर ८  आजदेखि मंसिर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गर्ने जनाएको  सूचना जारी गरेको छ ।

तानसेन तम्घास सडकखण्डको रिब्दीकोटको जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्दा उक्त सडकमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारीसाधनलाई संचालन गर्न नदिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताएका छन् ।सडक कार्यालयले विगत दुई सातादेखि सिद्धार्थ राजमार्गको झुम्सा क्षेत्रमा बाटो निर्माण गर्न भन्दै रातिको समयमा बाटो बन्द गर्दैै आएको छ । राती बन्द गराउँदा बुटवलबाट , पोखरा ,गुल्मी जाने सवारीबीच बीचमा  रोकिनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img