Friday, February 7, 2025
समाजपूर्वका नौ जिल्लामा यातायात बन्द, जनजीवन प्रभावित

पूर्वका नौ जिल्लामा यातायात बन्द, जनजीवन प्रभावित

सुनसरी | पूर्वका नौ जिल्लामा यातायात बन्दका कारण जनजीवन प्रभावित बनेको छ । ताप्लेजुङको पाथिभरामा केबलकार बनाउन नहुने माग राख्दै सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात बन्द गरिएको हो । बन्दको प्रभावका कारण जनजीवन प्रभावित बनेको छ ।

यी जिल्लामा आज र भोलि यातायात बन्द गर्न आह्वान भएसँगै बन्दको प्रभाव परेको हो । मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्षरत सम्पूर्ण संस्था एवम् राजनीतिक दलहरूले बन्द गरेका हुन् ।

केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त संघर्ष समिति, प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समितिलगायत संघसंस्था उभिएका छन् ।

केबलकार खारेजी संयुक्त संरक्षण समितिका संयोजक खगेन्द्र फेम्बूले राज्य सत्ताको हस्तक्षेप बढेको बताए ।उनले आफूहरूलाई बन्दहडताल गर्न मन नभए पनि राज्य सत्ताको ज्यादतीविरुद्ध बन्द गर्न बाध्य भएको बताए ।

सरकारले यस क्षेत्रमा केबलकार बनाउने निर्णय फिर्ता लिनुपर्ने बताए । अन्यथा केबलकार निर्माण नहटेसम्म निरन्तर आन्दोलन जारी रहने चेतावनी उनले दिए ।
सांस्कृतिक आस्थाको धरोहरमाथि हस्तक्षेप भएकाले ०७४ सालदेखि नै आफूहरूले विरोध जनाउँदै आएको उनले फेम्बूले बताए ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस