अर्थ व्यापारअण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

काठमाडौं | सोमबारदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ ।  नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । ‌

मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु तीन सय ९० रुपैयाँ, ठूलो अण्डा   चार सय १० रुपैयाँ र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य   चार सय २५ रुपैयाँ पुगेको छ । यसअघि मध्यम अण्डा प्रतिक्रेट   तीन सय ५०, ठूलो अण्डा  तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट   तीन सय ८५ रुपैयाँ रहेको थियो । यो फार्म मूल्य हो ।

बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img