Wednesday, April 30, 2025
समाजहेटौँडामा देवरले भाउजुको हत्या गरे, दाजु गम्भीर घाइते
spot_img

हेटौँडामा देवरले भाउजुको हत्या गरे, दाजु गम्भीर घाइते

हेटौँडा | हेटौँडा–१, चौकीटोलमा पारिवारिक विवादले भयानक रुप लिँदा २२ वर्षीय राहुल दासले आफ्नी जेठी भाउजु ३५ वर्षीय गुडिया दासको हत्या गरेका छन्। खुकुरी प्रहारबाट भाउजुको ज्यान लिएको आरोपमा पक्राउ परेका राहुलले आफ्ना माइलो दाइ २८ वर्षीय रुपेश दासमाथि पनि आक्रमण गरेका छन्, जसका कारण उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो ३ देखि ४ बजेको बीचमा भएको घटनामा गुडिया दासको घटनास्थलमै मृत्यु भएको थियो। घाइते रुपेश दासको भने हाल हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

तीन दाजुभाइमध्ये जेठो रोशन दास रोजगारीका लागि पाँच महिनाअघि कतार गएका थिए। गुडिया, जो तीन सन्तानकी आमा थिइन्, आफ्नै घरमा मृत फेला परेकी थिइन्। प्रहरी स्रोतका अनुसार बुधबार राति १० बजेसम्म पनि शव उठाइएको थिएन।

राहुल दासले किन यस्तो कदम चाले भन्ने विषयमा अनुसन्धान जारी रहेको छ। हेटौँडामा फलफूलको थोक व्यवसाय सञ्चालन गर्दै आएका दाइ रुपेश दासमाथि आफ्नै भाइले आक्रमण गर्नु र भाउजुको हत्या गर्नुले समाजमा पारिवारिक हिंसाका गम्भीर पक्ष उजागर गरेको छ। प्रहरीका अनुसार राहुलले घटनामा संलग्नता स्वीकार गरिसकेका छन्।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img