Monday, May 19, 2025
समाजहेटौँडामा पहिलोपटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुँदै
spot_img

हेटौँडामा पहिलोपटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुँदै

spot_img

हेटौँडा | मकवानपुर जिल्ला फुटबल संघले पहिलोपटक महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ। यसअघि पुरुष फुटबल प्रतियोगिता गर्दै आएको संघले यसपटक प्रतियोगिताको स्वरूप परिवर्तन गर्दै महिलाको सहभागितामा राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने निर्णय गरेको हो।

संघका अध्यक्ष तथा एन्फाका केन्द्रीय सदस्य टीका लामाले मंगलवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएका हुन्। “पहिले पुरुष प्रतियोगिता गर्दै आएका थियौं। अब महिला खेलाडीहरूलाई राष्ट्रिय स्तरमा खेल्ने प्लेटफर्म दिनका लागि महिला गोल्डकप सुरु गर्न लागिएको हो,” अध्यक्ष लामाले भने।

वैशाख १९ गतेदेखि सुरु हुने प्रतियोगिता हेटौंडा–६ स्थित स्थिर गौरीटार रंगशालामा सञ्चालन हुनेछ। प्रतियोगितामा ३ वटा विभागीय टोली (एपीएफ, नेपाल प्रहरी क्लब र त्रिभुवन आर्मी क्लब) र ५ वटा जिल्ला टिम (मकवानपुर, चितवन, सर्लाही, रौतहट, बारा) गरी जम्मा ८ टिमको सहभागिता रहनेछ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर, प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरूले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

संघका महासचिव छवि सुवेदीका अनुसार प्रतियोगिता सञ्चालनमा करीब ६१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रायोजक संस्थाहरूको थप सहयोग प्राप्त भएमा पुरस्कार राशी अझ बढाइने पनि उनले जानकारी दिए।

पत्रकार सम्मेलनमा एन्फाकी केन्द्रीय सदस्य पेमा लामा, प्रतियोगिता संयोजक प्रताब विष्ट, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तान लगायतको उपस्थिति रहेको थियो। उनीहरूले महिला फुटबलको विकासका लागि यस्तो राष्ट्रिय प्रतियोगिता आवश्यक रहेको बताए।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img