Monday, May 19, 2025
समाजहेटौँडामा मोबाइल व्यवसायीहरूको राष्ट्रिय भेला, ६० जिल्लाबाट सहभागी हुने
spot_img

हेटौँडामा मोबाइल व्यवसायीहरूको राष्ट्रिय भेला, ६० जिल्लाबाट सहभागी हुने

spot_img

हेटौँडा |  नेपाल मोबाइल व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा हेटौँडामा वैशाख २६ र २७ गते आयोजना हुने भएको छ। देशभरका ६० जिल्लाबाट एक हजारभन्दा बढी मोबाइल व्यवसायीहरूको सहभागिता रहने आयोजक समितिले जानकारी दिएको हो ।

मंगलबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक छतेन्द्र आचार्यले साधारणसभामा व्यवसायसँग जोडिएका प्रमुख समस्याहरू, नीति सुधार, र बजार नियमनका विषयमा गहन छलफल हुने जानकारी दिए । उनले भने, “मोबाइल व्यवसायीहरूले भोगिरहेका करका समस्या, नक्कली सामानको बिक्री, अनलाइन बजारसँगको असमान प्रतिस्पर्धालगायत मुद्दा साधारणसभाको मुख्य एजेन्डा हुनेछन्।”

कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्ने तय भएको छ। उद्घाटन समारोहमा प्रभातफेरीसमेत आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रमका कारण हेटौँडामा आन्तरिक पर्यटन, होटल तथा रेष्टुरेन्ट व्यवसायमा सकारात्मक प्रभाव पर्ने आयोजकको अपेक्षा छ। “देशभकार व्यवसायीहरूलाई राजधानी हेटौंडामा आमन्त्रण गर्नु, केवल व्यवसायीहरूको एकता मात्र होइन, स्थानीय आर्थिक गतिविधिमा पनि टेवा दिनेछ,” उपाध्यक्ष आचार्यले बताए।

दुई दिन चल्ने साधारणसभा सञ्चालनका लागि झण्डै २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खर्चका लागि महासंघका सदस्य संस्थाहरू, प्रायोजक तथा स्थानीय सहयोगीहरूको सहयोग लिइने जनाइएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img