समाजमकवानपुरमा तीनवटा प्राविधिक तालिम सुरु, पूर्वमन्त्री श्रेष्ठले दिए सीपयुक्त जनशक्ति निर्माणमा जोड
spot_img

मकवानपुरमा तीनवटा प्राविधिक तालिम सुरु, पूर्वमन्त्री श्रेष्ठले दिए सीपयुक्त जनशक्ति निर्माणमा जोड

हेटौँडा । बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले मुलुकको औद्योगिक विकासका लागि सीपयुक्त जनशक्ति निर्माण अपरिहार्य भएको बताएका छन्। हेटौँडामा आयोजित प्राविधिक तालिम उद्घाटन कार्यक्रममा बोल्दै श्रेष्ठले वर्तमान समयमा उद्योगहरूले दक्ष जनशक्तिको अभाव झेलिरहेको उल्लेख गरे।

हेटौँडा गार्मेन्ट उद्यमी समूह, सूर्यमणि प्राविधिक शिक्षालय तथा हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्रको संयुक्त आयोजनामा ३० दिने विशेष प्राविधिक तालिम सुरु भएको हो। यस अन्तर्गत एडभान्स बुटिक सिलाइ, ढाका कपडा बुनाइ, र औद्योगिक विद्युत् जडान सम्बन्धी तालिम प्रदान गरिँदैछ।

श्रेष्ठले प्रदेश सरकारले विभिन्न वडामा यस्ता तालिमहरू सञ्चालन गरेर स्थानिय जनतालाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको बताए। “दक्ष जनशक्तिको निर्माण बिना समृद्धि सम्भव छैन, र तालिममार्फत जनतालाई सीपमा निपुण बनाएर उनीहरूलाई स्वरोजगारमा जोड्ने हाम्रो प्रमुख लक्ष्य हो,” श्रेष्ठले भने।

कार्यक्रम हेटौँडा गार्मेन्ट उद्यमी समूहकी अध्यक्ष मेनका श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालय हेटौँडाका अधिकृत महेशराज पौडेल र हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देललगायतले सहभागिता जनाए। उनीहरूले तालिमको माध्यमबाट देशमै स्वरोजगार सृजना गर्न सकिने विश्वास व्यक्त गरे।

हाल सञ्चालनमा रहेको तालिममा ५५ भन्दा बढी सहभागी छन्। आयोजक संस्थाहरूका अनुसार, सहभागीहरूलाई तालिमपछि रोजगार तथा उद्यमशीलताको अवसरमा जोड्ने योजनासमेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img