Saturday, July 19, 2025
समाजमकवानपुरमा किशोरी उमेरमै आमा बन्नेको संख्या चिन्ताजनक

मकवानपुरमा किशोरी उमेरमै आमा बन्नेको संख्या चिन्ताजनक

spot_img

हेटौँडा | मकवानपुर जिल्लामा किशोरी उमेरमै आमा बन्नेको संख्या चिन्ताजनक रूपले बढिरहेको छ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा जिल्लाभर ४ सय ५८ किशोरी आमा बनेका छन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरले बिहीबार हेटौँडामा आयोजना गरेको स्वास्थ्य अभिमुखीकरण कार्यक्रममा सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा सुत्केरी हुने कुल महिलामध्ये ११ दशमलव ०६ प्रतिशत किशोरी (२० वर्षभन्दा कम उमेरका) रहेका छन् । कार्यालयका अनुसार चालु वर्षमा ४ हजार १२७ जना महिला सुत्केरी भएका छन् । तीमध्ये उल्लेख्य संख्या किशोरीको रहेको पाइएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार सबैभन्दा धेरै किशोरी आमा बन्ने दर राक्सिराङ गाउँपालिकामा देखिएको छ । त्यहाँ सुत्केरी हुनेमध्ये २४ दशमलव ११ प्रतिशत महिला २० वर्षभन्दा कम उमेरकी छन् ।

- Advertisement -

त्यसैगरी, बागमती गाउँपालिकामा २३ दशमलव ०४ प्रतिशत, मकवानपुरगढीमा २३ दशमलव १६ प्रतिशत, बकैयामा १७ दशमलव ११ प्रतिशत, भीमफेदीमा १७ दशमलव ०७ प्रतिशत, कैलाश गाउँपालिकामा १५ दशमलव ५६ प्रतिशत, मनहरी गाउँपालिकामा १६ दशमलव ०५ प्रतिशत, थाहा नगरपालिकामा ११ दशमलव ५९ प्रतिशत तथा हेटौँडा उपमहानगरपालिकामा ८ प्रतिशत किशोरी आमा बनेका छन् । गत आर्थिक वर्षको तथ्यांक अनुसार किशोरी आमा बन्ने दर १० दशमलव ९३ प्रतिशत थियो । तर चालु वर्षको पहिलो १० महिनामै यो संख्या बढेर ११ दशमलव ०६ प्रतिशत पुगेको देखिन्छ । यसबाट बालबिवाह तथा किशोरी गर्भधारणको जोखिम यथावत् मात्र होइन, थप बढिरहेको पनि स्पष्ट हुन्छ ।

मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका बालमैत्री पालिका घोषणा भइसकेका छन् । त्यहाँ विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले बालविवाह न्यूनीकरण तथा किशोरी स्वास्थ्य चेतना अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्दै आएका छन् । तर किशोरी अवस्थामा आमा बन्ने प्रवृत्तिमा खासै सुधार आउन नसक्नुले यी कार्यक्रमको प्रभावकारिता र दीगो कार्यान्वयनमा प्रश्न उठाएको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img