धनगढी | धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा स्कुटर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
प्रहरीका अनुसार आइतबार बिहान साढे ६ बजे अत्तरियातर्फ गइरहेको सुपप्र०१०१२प ४६४८ नम्बरको स्कुटर धनगढी–अत्तरिया सडकखण्डमा अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक धनगढी–७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए। टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
स्कुटरमा सवार अर्की यात्रु धनगढी–१२ की ३२ वर्षीया सीता कुस्मी घाइते भएकी छन्। उनको पनि माया मेट्रो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।