Saturday, July 19, 2025
समाजसाढे ३ किलोमिटर सडक बनाउन ९ वर्ष !

साढे ३ किलोमिटर सडक बनाउन ९ वर्ष !

spot_img

बुटवल | बुटवलको चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडक कालोपत्रे हुन नौ वर्ष लाग्दा पनि अझै काम पूरा भइसकेको छैन।

२०७३ साल चैत १७ गते कञ्चनजङ्घा बिरुवा जेभीसँग ५३ करोड ९७ लाख रुपैयाँमा २०७६ सम्ममा काम सम्पन्न गर्ने गरी सडक निर्माणको ठेक्का सम्झौता भएको थियो। तर तोकिएको समयमा निर्माण कार्य पूरा नगरेपछि सडक डिभिजन कार्यालय बुटवलले सो ठेक्का तोडेको थियो।

- Advertisement -

त्यसपछि गत वर्ष २०८० असोज १८ गते बाबुल दर्शन मालिका जेभी भैरहवालाई एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ३३ करोड रुपैयाँमा पुनः ठेक्का दिइएको हो। सम्झौताअनुसार अब २०८२ असोजभित्र काम सक्नुपर्ने हो।

निर्माण सुरु भएको नौ महिनाको अवधिमा जम्मा २५ प्रतिशत मात्रै काम सकिएको छ भने सडक किनारको नाली निर्माणको काम भने ७० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको बुटवल सडक डिभिजनका सूचना अधिकारी महेश्वर लम्सालले जानकारी दिनुभयो। उहाँका अनुसार बिचमा केही समय काम सुस्त भए पनि अहिले भने निर्माणले गति लिएको छ।

हाल सर्भिस लेन कालोपत्रे गर्ने काम तीव्र गतिमा भइरहेको छ। राजमार्ग चौराहादेखि मिलनचोकसम्मको एकातर्फको सर्भिस लेनको कालोपत्रेको काम सुरु भएको कार्यालयले जनाएको छ।

निर्माणाधीन सडकमा फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्ट र स्टल साढे दुई मिटर तथा मुख्य लेन साढे १० मिटरको हुने गरी काम अघि बढाइएको छ।

लामो समयदेखि काम अलपत्र हुँदा दैनिक यात्रा गर्ने सर्वसाधारणदेखि व्यापार व्यवसाय सञ्चालनमा समेत समस्या परेको उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष हरि अर्यालको भनाइ छ। धुलो र धुवाँले स्वास्थ्यमा समेत असर पुर्‍याएको उनको गुनासो छ।

बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले निर्माणको काम लामो समय अलपत्र रहँदा जनताले सास्ती भोग्नु परेको स्वीकार गर्दै अब भने कामले गति लिएको र निर्माण चाँडै सम्पन्न हुने विश्वास दिलाउनुभयो।

तर सडक डिभिजन कार्यालयले भने अबको तीन महिनाभित्र निर्माण सम्पन्न हुने अवस्था नरहेको प्रस्ट पारेको छ। कार्यालयका सूचना अधिकारी लम्सालका अनुसार यही गतिमा काम भएमा तोकिएको समयभित्र निर्माण सम्पन्न नहुने भए पनि झन्डै ९० प्रतिशत काम भने सकिनेछ।

साढे तीन किलोमिटर सडक बनाउन नौ वर्ष लाग्नु आफैंमा एउटा उदारहण बनेको छ। अब भने जनताले काम सकियोस् भन्ने मात्र चाहना राखेका छन्।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img