Saturday, July 19, 2025
समाजकुकुरले लखेट्दा खोलामा खसेर बालक गम्भीर घाइते

कुकुरले लखेट्दा खोलामा खसेर बालक गम्भीर घाइते

spot_img

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २, वनसखण्डी मन्दिर नजिक शनिबार दिउँसो करिब १:३० बजे भएको एक घटनामा कुकुरले लखेट्दा एक १४ वर्षीय बालक खोलामा खसेर गम्भीर घाइते भएका छन्। घाइते बालकको अवस्था चिन्ताजनक रहेको र उनलाई थप उपचारका लागि चितवनको भरतपुर रिफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते बालक सिराहा खुसिपुर नगरपालिका-२ स्थायी घर भई हाल हेटौंडा उपमहानगरपालिका-४ स्थित ‘आमा होस्टेल’मा बस्ने रामबहादुर यादवका छोरा उमा प्रसाद यादव हुन्।

- Advertisement -

प्रत्यक्षदर्शीका अनुसार कुकुरले लखेटेपछि आत्तिएर भाग्ने क्रममा उमा प्रसाद नजिकैको खोल्सामा खसेका थिए र पानीमा डुबेका थिए। बाटोमा हिँडिरहेका व्यक्तिहरूले घटना देख्नासाथ तत्काल प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले बालकलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएको थियो। हेटौंडा अस्पतालका चिकित्सकहरूका अनुसार बालक हाल बोल्न नसक्ने र अचेत (गम्भीर) अवस्थामा छन्।

हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि बालकको थप उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img