Saturday, July 19, 2025
समाजडेलिभरी गराउन भरतपुर जाँदै थिइन् रेनुका, दुर्घटनामा श्रीमान् र सासुसहित मृत्यु

डेलिभरी गराउन भरतपुर जाँदै थिइन् रेनुका, दुर्घटनामा श्रीमान् र सासुसहित मृत्यु

spot_img

हेटौँडा | चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार बिहान भएको बस र इभी भ्यानको भीषण दुर्घटनामा एउटै परिवारका तीन सदस्यसहित ७ जनाको ज्यान गएको छ। दुर्घटनामा परी मृत्यु हुनेमध्ये मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ की ५३ वर्षीया मयांकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल रहेका छन्।

वडाध्यक्ष शुशिल घिमिरेका अनुसार रेनुका कँडेल आइतबार तेस्रो सन्तान जन्माउने तयारीमा थिइन्। उनलाई प्रसूति गराउन परिवारले भरतपुर अस्पताल लैजाँदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस र हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ०३–००१ ज २९९ नम्बरको इभी भ्यान एक आपसमा ठोक्किएका थिए।

- Advertisement -

प्रहरीका अनुसार इभी भ्यानमा सवार सातै जनाको घटनास्थलमै वा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुने अन्य व्यक्तिहरुमा हेटौंडा–४ का ५५ वर्षीय सोमप्रसाद रूपाखेती, रौतहटको चन्द्रनिगाहपुर–६ की ३१ वर्षीया सीता कुमारी, र भ्यानका चालक हेटौंडा–१० का राजु थिङ रहेको पुष्टि भएको छ। एक मृतकको पहिचान भने हालसम्म खुलेको छैन।

रेनुकाको माइती महोत्तरीको बर्दिबासमा हो। उनका दुई सन्तान — ४ र ९ वर्षका छोरीहरू छन्। शनिबार बिहान जीवनको एउटा नयाँ अध्याय सुरु हुने आशामा अस्पतालतर्फ लागेका उनीहरूका लागि त्यो यात्रा ज्यानकै अन्तिम यात्रा बन्न पुग्यो।

घाइते भएका २० जनाको भरतपुरको सरकारी अस्पताल, एलाईभ, पुरानो र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए। दुर्घटनापछि केही समय पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको थियो भने अहिले डाइभर्सनमार्फत सवारी सञ्चालनमा ल्याइएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img