देशकोशी प्रदेशभोजपुरमा एकै परिवारका चार सदस्यको हत्या

भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या

भोजपुर | भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार सदस्यको हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा मृतककी श्रीमतीका श्रीमान् राजेन्द्र राई पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले आफ्नै ससुराली घरका चार जनाको हत्या गरेका हुन्।

हतियारको प्रयोग गरेर हत्या गरिएका मृतकहरूमा १५ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरी रहेका छन्।

प्रहरीका अनुसार राजेन्द्र राई श्रीमतीलाई लिन ससुराली पुगेका थिए। त्यहाँ मनिषासँग सम्बन्धित विवाद चर्किएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा राजेन्द्रले बयान दिँदै भनेका छन्, “मनिषालाई लिन गएको थिएँ। विवाद हुँदा सासूले मलाई छुरा प्रहार गरिन्। त्यसपछि आक्रोशमा आएर श्रीमतीसहित सबैलाई मारेँ।”

घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। शवहरू पोस्टमार्टमका लागि भोजपुर अस्पतालमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img