मौसमदेशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

हेटौँडा |  देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकोले विभिन्न स्थानमा वर्षा भइरहेको छ भने केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायतका पहाडी भूभागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा भने भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही स्थान र अन्य भेगका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमै पनि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मनसुनी वायुका कारण मुलुकका केही भूभागमा भारी वर्षाको सम्भावना रहेकाले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिमप्रति सतर्क रहन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img