मौसमआज राति र भोलि देशभरको मौसम यस्तो रहनेछ

आज राति र भोलि देशभरको मौसम यस्तो रहनेछ

हेटौँडा | आज राति कोशी प्रदेशका पहाड–तराईसहित देशका अधिकांश पहाडी भू–भागहरूमा साधारण बदली रहनेछ भने बाँकी भू–भागहरूमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशको पहाड तथा तराई र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशीको तराई र मधेश प्रदेशमा हावाहुरी पनि चल्न सक्ने पूर्वानुमान गरिएको छ।

भोलि पनि देशका पहाडी क्षेत्रहरूमा साधारणतया बदली र बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रमा केही स्थान र तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img