मौसमकस्तो रहला दशैँ अवधिभर मौसम?

कस्तो रहला दशैँ अवधिभर मौसम?

दशैँ अवधिभर मनसुनको प्रभाव रहिरहने, केही स्थानमा हल्का वर्षा हुने सम्भावना

हेटौँडा । दशैँ पर्व नजिकिँदै गर्दा नेपालमा मनसुन वायुको प्रभाव केही कमजोर भए पनि अझै पूर्ण रूपमा बाहिरिएको छैन। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिन अनुसार यस वर्ष दशैँ अवधिभर देशका विभिन्न भूभागमा मनसुनको अस्थायी प्रभाव रहिरहने देखिएको छ। महाशाखाका विज्ञहरूले सामान्यतया नेपालमा मनसुन अक्टोबर २ तारिखतिर बाहिरिने भए पनि प्रत्येक वर्ष यसको मिति फरक पर्न सक्ने बताएका छन्।

असोज १४ अर्थात अष्टमीका दिन बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशका पहाडी र तराई भूभागमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसपछि नवमीका दिन, असोज १५, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा हुने देखिएको छ। दशमीका दिन, असोज १६, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशका पहाडी र तराई भूभाग, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पनि हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

विज्ञहरूले पर्वको समयमा उपत्यका, तराई र पहाडी भूभागमा मनसुनको प्रभावले अस्थायी वर्षा वा आकाशे बदलीको अवस्था रहिरहने भएकाले सावधानी अपनाउन सुझाव दिएका छन्।

यस वर्षको दशैँ मनसुन प्रभावमुक्त नहुने भएकाले पर्वका दिनहरूमा परम्परागत कार्यक्रममा केही असुविधा आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, हल्का वर्षा भएकाले यसले सामान्य दैनिक जीवनमा ठूलो असर नपर्ने अपेक्षा गरिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img