मकवानपुरमनहरी गाउँपालिकाभीमफेदी कारागारका कैदीलाई दसैँमा खसी र खाद्यान्न सहयोग

भीमफेदी कारागारका कैदीलाई दसैँमा खसी र खाद्यान्न सहयोग

हेटौँडा | दसैँलाई लक्षित गर्दै मकवानपुरको मनहरी गाउँपालिकाले भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग गरेको छ। आइतबार गाउँपालिका अध्यक्ष रन्जन कालाखेती र उपाध्यक्ष सीता पुलामीलगायत जनप्रतिनिधिहरूको उपस्थितिमा कारागार प्रशासनलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो।

गाउँपालिकाले कारागारलाई २ वटा खसी, ७ बोरा चामल, ६ बोरा चिउरा, अढाई कार्टुन तेल र प्रशासनिक सेवाका लागि १ वटा प्रिन्टर उपलब्ध गराएको छ। अध्यक्ष कालाखेतीका अनुसार हरेक वर्ष दसैँको अवसरमा कैदीबन्दीले उत्साहपूर्वक चाडपर्व मनाउन पाउन सहयोग उपलब्ध गराउने परम्परा गाउँपालिकाले अघि बढाउँदै आएको हो।

कार्यक्रमका क्रममा गाउँपालिकाका जनप्रतिनिधिले भीमफेदी कारागारमा रहेका स्थायी वासिन्दा कैदीबन्दीसँग भेटघाट गर्दै शुभकामना आदानप्रदान गरेका थिए। कारागारमा मनहरी गाउँपालिकाका करिब ६० जना कैदीबन्दी रहेका छन्।

खाद्यान्न वितरण कार्यक्रममा अध्यक्ष कालाखेती र उपाध्यक्ष पुलामीसहित वडाध्यक्ष शिवप्रसाद खनाल, राजकुमार पाख्रिन, अनन्तप्रकाश अर्याल, यादव थपलिया, ठाकुर तितुङलगायतको उपस्थिती थियो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img