मौसमआज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ | हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार दिनभर देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा समेत मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागमा मध्यम वर्षा र कोशी–गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img