Monday, May 12, 2025
समाजमेरी बास्सै र भद्रगोलका लोकप्रिय ‘कलाकार शोक’, सबै स्तब्ध
spot_img

मेरी बास्सै र भद्रगोलका लोकप्रिय ‘कलाकार शोक’, सबै स्तब्ध

spot_img

काठमाडौं, ४ पुष । कुमार कट्टेल (जिग्री) हास्यकलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस)का सहोदर माहिला भाइ हुन् । अहिलेको चर्चित हास्य टेलिश्रृंखलाका ‘सक्किगोनी’का कलाकार कुमार चितवनको रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिनरात खटिएका छन् ।

कुमार कट्टेल एक सक्रिय नेपाली हास्य कलाकार हुन्, जसले हास्यव्‍यंग्य टेलिशृंखला ‘सक्किगो नि’को निर्देशन, लेखन र अभिनय पनि गर्छन् । खासगरी जिग्री नामक चरित्रको अभिनयका कारण उनी चर्चित छन् । ‘जेपीटी क्रिएसन’ का संस्थापक उनले २ वर्षभन्दा बढी समय अर्को हास्यव्‍यंग्य टेलिशृंखला ‘भद्रगोल’मा काम गरेका थिए ।

पछि गएर उनले प्रायः अभिनयको समयमा प्रयोग गर्ने थेगोको नाममा सक्किगो नि नामक टेलिसिरियल बनाएर त्यसैमा अभिनय गर्न थालेका थिए । उनी सामाजिक कार्यमा सक्रिय छन् । रंगशालाको सपनालाई छिट्टै पुरा गराउने दाजु धुर्मुसको अभियानमा लागिपरेका छन् । सिताराम कट्टेल नेपालका हाँस्य कलाकार हुन्। कट्टेल सोलुखुम्बु जिल्लाको नेचाबेतघारी गाविसको वडा नं‍. ७ मा जन्मिएका हुन् । पछि बसाइँ सर्ने क्रममा झापा आई बसोबास गरेका सिताराम कट्टेललाई धुर्मुसको नामले चिनिन्छ।

यिनै जनमनमा बास गर्न सफल लोकप्रिय कलाकारद्वय कुमार कट्टेल ‘जिग्री’ र सिताराम कट्टेल ‘धुर्मुस’ लाई पारिवारीक शोक परेको छ । कट्टेल दाजुभाईका सहोदर हजुरआमाको असामयिक निधन हुन पुगेको हो । भाई कट्टेल यानकी जिग्रीले सामाजिक सन्जाल फेसवुकमा एक स्टाटस पोस्ट गर्दै दिबंगत हजुरआमाप्रती श्रद्धान्जली ब्यक्त गर्नुभएको छ । आफु हजुरआमाको अन्तिम सपनाहरु पुरा गर्ने सोचिरहेकै समयमा उहाँ बित्नुभएको भन्दै बैकुण्ठ बासको कामना गरेका छन ।

हजुरआमाको निधनपछि कुमार कट्टेल जिग्री लेख्छन् : म सङ हजुरका केहि सपनाहरु थिए, पुरा गर्छु भनेर सोच्दै थिए, एक्लो बनाएर छोडेर जानुभयो हजुरको बैकुन्ठमा बास होस, हार्दिक श्रद्धाञ्जली हजुरआमा
jigri

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img