Friday, May 16, 2025
समाजसार्वजनिक विदा दिने सरकारको तयारी
spot_img

सार्वजनिक विदा दिने सरकारको तयारी

spot_img

काठमाडौं। सरकारले बिहीबार सार्वजनिक विदा दिने तयारी गरेको छ । गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकेको छ । मन्त्रिपरिषदले यसको निर्णय गरेपछि बिदा तय हुनेछ । बिहीबार गुरुङ समुदायले मुख्य गरी मनाउने तमु ल्होसार परेको छ । यही अवसरमा सरकारले विदा दिन लागेको हो ।

त्यस्तै, तमु समुदायको पर्व ल्होसारका अवसरमा अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गतको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा सेन्चुरी युवा क्लबको आयोजनामा आइतबारदेखि चारदिने ल्होसार मेला सुरु भएको छ ।

ल्होसार संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजित २० औँ संस्करणको मेलामा भलिबल, बास्केटबल, छेलो हान्ने, घैटो फुटाउनेलगायतका प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताअन्तर्गत भलिबलका लागि १४ टिम र बास्केटबलतर्फ १० टिम दर्ता भएको उहाँले जानकारी दिनुभयो । दुवै प्रतियोगिताको विजेता टिमले रु २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो र तेस्रो हुने टिमले क्रमशः रु १५ र आठ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

मेलामा हुने छेलो हान्ने प्रतियोगिता, घैटो फुटाउने प्रतियोगिता र मेच घुमाइ प्रतियोगिताका विजेतालाई आकर्षक पुरस्कार दिइने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । मेलाको एक कार्यक्रमका बीच उद्घाटन गर्दै नेकपा एमाले नेता एवं पूर्वयुवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पर्यटन क्षेत्र कोरोनाले समस्याग्रस्त बनेकाले उत्थानका योजनाबारे सोच्नुपर्ने बताउनुभयो ।

आफू युवा तथा खेलकुदमन्त्री हुँदा १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता९साग० सम्पन्न गरेर देशको प्रतिष्ठा राखेको बताउँदै उहाँले त्यस समयमा युवा तथा खेल क्षेत्रको विकासमा केही महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img