Saturday, July 19, 2025
समाजमुलुकभर एकैदिन थपिए ५४० जना नयाँ संक्रमित, एकको मृत्यु

मुलुकभर एकैदिन थपिए ५४० जना नयाँ संक्रमित, एकको मृत्यु

spot_img

काठमाडौं । छिमेकी राष्ट्र भारतमा तीब्र रुपमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा नेपालमा पनि संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

- Advertisement -

मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ७८ जना र ४ हजार ८९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २६ हजार ९२५ पुगेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ७१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १३ हजार ४४७ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर १२ हजार ९९ जनाको परीक्षण हुँदा हालसम्म कुल ५७ लाख ४६ हजार १३६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img