Saturday, July 19, 2025
राजनीतिनारायणहिटीबाट बतास समूहलाई हटाएरै छाड्छौं : मन्त्री आले

नारायणहिटीबाट बतास समूहलाई हटाएरै छाड्छौं : मन्त्री आले

spot_img

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।

बिहीबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताउनुभयो । उहाँले सो समूहलाई कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको जानकारी दिनुभयो ।

- Advertisement -

मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद्बाटै निर्णय गरेर भए पनि हटाइ छाड्ने अडान राख्नुभयो । उहाँले बिहीबार नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गर्नुभयो ।

‘संग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने ।पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने । यो गर्दै जाँदा पुरै वातावरण नै धमिलो हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस्, चाहे क्याबिनेटबाट होस् हामी हटाएरै छोड्छौं ।’

मन्त्री आलेले नारायणहिटी संग्रहायलभित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानविन सुरु गरिएको बताउनुभयो ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img