देशमुलुकभर थप ४ हजार ९६१ जनामा कोरोना पुष्टि

मुलुकभर थप ४ हजार ९६१ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो एक सातायता नेपालमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १५ हजार १३१ जना नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ सय ३५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार थप तीन संक्रमितको मृत्यु भएको छ । मुलुकभर हाल २५ हजार ६८० जना संक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img