Saturday, April 19, 2025
विचार/ब्लगटिप्पणीटिप्पणी: इलाममा राजावादी उम्मेदवारको 'कन्तबिजोक'
spot_img

टिप्पणी: इलाममा राजावादी उम्मेदवारको ‘कन्तबिजोक’

काठमाडौं | इलाम-२ निर्वाचन क्षेत्रको उपनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार लक्ष्मी गुरुङको ‘कन्तबिजोक’ भएको छ। पछिल्लो समय देशभर गणतन्त्र विरोधी स्वर उठाउँदै आएको राप्रपालाई इलामको यो परिणामले झड्का लगाएको छ।

गणतन्त्र विरोध गर्दै हिँडेका राजावादीहरुको स्वर चर्को देखिए पनि जनमतमा उनीहरु पूर्णरुपमा अवमूल्यन भएको यो उपनिर्वाचनले देखाएको छ। अहिलेसम्म गणना भइरहेका ५० हजार बढी मतमध्ये १ सय ४९ मत मात्र राप्रपाले प्राप्त गरेको छ। यसले उनीहरुको वास्तविक जनआधार कति हो भन्ने स्पष्ट भएको छ।

इलामको यो परिणामले राष्ट्रियस्तरमा चर्को प्रचारबाजी र विरोध गरे पनि गणतन्त्र नराम्रो विकल्प भएको जनताले मान्दैनन्। राप्रपाको स्वर मात्र चर्को होला तर जनमत भने उनीहरुको विपरित देखिएको छ।

यसरी जनमत विपरित हिँडेमा राप्रपाजस्ता पार्टीहरुले दुर्गति भोग्नुपर्ने स्पष्ट भएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img