सुनसरी / नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आज सोमबार झापाको धुलाबारीमा पत्रकार सँग कुरा गर्दे भने हिजो पार्टी कहाँ चुक्यो र पार्टीले के कमजोरी गर्यो त्यसको मिहीन खोजी भइरहेको बताए ।
गृहनगर झापाको धुलाबारीमा सोमबार पत्रकारसँग कुरा गर्दै भने पार्टीभित्र त्यसको मूल्याङ्कन र समीक्षा भइरहेको उनले बताए । चुक्नु र कमजोरीको कारण खोजेर अघि बढ्ने बताए ।
उनले काङ्ग्रेसले सुशासन दिने विश्वास दिलाए । चार दिनअघि झापा आएका उनी पार्टीको बैठक, आन्तरिक छलफल र मतदाता भेटघाटमा व्यस्त शर्माले विगतदेखि वर्तमानसम्म आइपुग्दा कुनै पनि पार्टीले पूरै अवधि सरकार चलाउन नसक्नुको कारणको काङ्ग्रेसले अध्ययन गरिरहेको जनाए ।
गल्ती, कमजोरी नगर्ने काङ्ग्रेस बनाउनु आफूहरूको दायित्व भएको महामन्त्री शर्माको भनाइ छ । एउटा चुनाव जित्ने र अर्को चुनाव हार्ने काङ्ग्रेसको विगत रहेको उल्लेख गरेका उनले अब काङ्ग्रेसलाई लगातार तीनवटा चुनाव जित्ने बनाउने दाबी गरेका छन् ।
त्यस्तै, शुक्रबार झापा आएका उनले शनिबार झापा काङ्ग्रेसको बैठक, पवित्राभेषराज खतिवडा स्मृति प्रतिष्ठान शान्तिनगर झापाको पुरस्कार वितरण र आइतबार मोरङको बेलबारीमा स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसको भूमिका विषयका सभालाई सम्बोधन गरिसकेका छन् ।



