Monday, February 17, 2025
राजनीतिएमालेले चुनाव जितेन भने विकासको गति अगाडि बढ्न गाह्रो छ: ओली

एमालेले चुनाव जितेन भने विकासको गति अगाडि बढ्न गाह्रो छ: ओली

काठमाडौँ – निर्वाचन झन् झन् नजिकिदै छ, सोहि निर्वाचनलाई लक्षित गर्दै ओलीले दैनिक एक भन्दा बादी कार्यक्रमलाई सम्बोधन गर्ने गरेका छन ।

आइतबार हुम्लाको अदानचुलीमा पार्टीले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते देशको भविष्य निर्धारण हुने बताएका छन् ।

उनले भने, ‘३० गते हुने स्थानीय तहको निर्वाचनले देशको भविष्य निर्धारण हुन्छ । देश विकास, विनाश, स्वच्छता, भ्रष्टाचारतिर जाने भन्ने कुराको निर्धारण हुन्छ ।’ एक सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले महिनाको चार हजार पुगेको उल्लेख गर्दै उनले एमालेले मात्रै बुढाबुढीलाई हेर्ने गरेको बताए ।

उनले भने,‘काम गर्न नसकेर सरकारबाट हटेको होइन, जालझेलबाट हटाइएको हो । देश विकास गर्न एमाले चाहिन्छ । वैशाख ३० को चुनाव जितेनौँ भने विकासको गति अगाडि बढ्न गाह्रो हुन्छ। त्यसैले सबै चुनाव एमालेलाई जिताउनुपर्छ।’

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img