Sunday, September 15, 2024
राजनीतिबजेटमाथि टिप्पणी : अनुत्तरदायी र हावादारी, निर्वाचनलाई प्रभावित पार्ने प्रयास

बजेटमाथि टिप्पणी : अनुत्तरदायी र हावादारी, निर्वाचनलाई प्रभावित पार्ने प्रयास

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको आर्थिक वर्ष २०७९/०८० को बजेटलाई अनुत्तदायी र हावादारीको संज्ञा दिएको छ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बजेटमाथि टिप्पणी गर्दै एमालेका सांसदहरुले हावादारी भनेका हुन्।

सांसद भीम रावलले चुनावलाई केन्द्रीत गरेर कार्यक्रमहरु राखिएको बताए। ‘थप संरचनाहरु खडा गरिएको छ। अतिआवश्यक नभएका कार्यक्रमहरु रोक्ने कुरा छैन। अझ खर्च बढाउने कार्यक्रम राखिएको छ। कार्यक्रमहरु कार्यान्वयन हुने अवस्था छैन,’ उनले भने।

निर्वाचनलाई प्रभावित गर्नेगरी खुद्रे कार्यक्रम राखिएको रावलको तर्क थियो। पूर्वअर्थमन्त्रीसमेत रहेका उपाध्यक्ष विष्णु पौडेलले बजेट पूर्णतया अनुत्तरदायी र हावादारी रहेको टिप्पणी गरे। ‘चुनावी सरकारको हो। चुनावी बजेट हो। चुनावी सरकारले २५ वर्षे दीर्घकालीन कार्यक्रम राखेको छ। दीर्घकालीन प्रकृतिका कार्यक्रम हावादारी छन्,’ उनले भने।

मुलुक नै आर्थिक संकटमा रहेका बेला संकट समाधानका लागि केन्द्रीत हुनुपर्नेमा हावादारी कार्यक्रम ल्याइएको उनको भनाइ थियो।

८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पनि हावादारी भएको उनको भनाइ थियो। ‘चालु आवमा कोभिडबाट सहज अवस्थामै त लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सकेन भने आगामी आवमा कुनै आधार र कार्यक्रम बिना कसरी वृद्धि हुन्छ?’ उनले प्रश्न गरे।

मुद्रा स्फीर्ति ७ प्रतिशतमा सीमित राख्ने कुरा पनि सम्भव नभएको उनको तर्क छ। ‘विनियोजनको हिसाबले पनि हावादारी छ। चुनाव केन्द्रीत र सीमित नेता केन्द्रीत आएको छ। यसले यो सरकार जनताप्रति उत्तरदायी छैन भन्ने देखाउँछ,’ पौडेलले भने।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img