राजनीतिराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नागरिकता विधेयकको विषयमा छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नागरिकता विधेयकको विषयमा छलफल

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार साँझ शीतल निवासमा राष्ट्रपति भण्डारीलाई भेटेको राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले बताए ।

भेटमा प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच नागरिकता विधेयक, आगामी निर्वाचन तयारीलगायत विषयमा छलफल भएको बताइएको छ।

राष्ट्रपति भण्डारीले दुई साताअघि नै संसद्‌बाट पारित भएको नागरिकता विधेयक अझै प्रमाणीकरण गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img