राजनीतियो देशमा जय जय कार गर्नु पर्ने काम कुनै नेताले गरेका छैनन...

यो देशमा जय जय कार गर्नु पर्ने काम कुनै नेताले गरेका छैनन : रवि लामिछाने

सुनसरी: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले यो देशमा जय जय कार गर्नु पर्ने काम कुनै नेताले नगरेको बताएका छन् ।

सोमबार इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश १ भेलामा सहभागी भएका रविलाई कार्यक्रममा जनताले रवि दाइ हाई ,हाई भन्दा उनले सो कुरा बताए हुन् ।

राजनीतिक अस्थीरताका कारण देशमा समस्या सृजना भएको उनले बताए। उनले राजनीतिक अस्थीरताकै कारण नेताहरुले जनताको पसिनामा रजाई गरीरहेकाले गर्दा त्यस्ता ठीक लगाउनुपर्ने चेतावनी दिए।

‘पछिल्ला दिनमा राजनीतिक अस्थिरताको कारण चिकित्सकले बिरामी जाँच गर्दा पनि कुन दल वा पार्टीको भनेर जाँच गर्ने दिन आउन सक्ने खतरा भइसक्यो,’ संगठन विस्तार गर्ने क्रममा सोमबार इटहरी आएका लामिछानेले भने, ‘झुठा आश्वासन बाढेर राजनीतिक गर्नेको अब हिसाब–किताब गर्ने दिन आए।’ उनले युवापुस्तालाई आफ्नो पार्टीमा आबद्द हुन आह्वान पनि गरे।

‘अब देशमा युवाको खाँचो छ,’ उनले भने, ‘आउनुहोस्, स्वतन्त्र राष्ट्रिय पार्टीमा आबद्द हुनुहोस्। पार्टीको माथिल्लो तहसम्म अवसर पाउनुहुनेछ।’ उनले ठूला राजनीतिक दलले युवालाई माथिल्लो तहसम्म पुग्न नदिएरै युवापुस्तामा राजनीतिप्रति वितृष्ण जागेको पनि दावी गरे।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img