Thursday, April 24, 2025
राजनीतिबालेन्द्र साहले आतङ्कित बनाउने काम गरे : कांग्रेस नेता विश्वकर्मा
spot_img

बालेन्द्र साहले आतङ्कित बनाउने काम गरे : कांग्रेस नेता विश्वकर्मा

काठमाण्डाै – सत्तारूढ नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले अराजक गतिविधि बढाइरहेकाे टिप्पणी गरेका छन् ।

मेयर साहले अनधिकृत रूपमा बनाइका भौतिक संरचनाहरू डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

शुक्रबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदा हुँदै मेयर साहले ती भौतिक संरचनाहरू हटाउँदा अराजकता सिर्जना भएकाे भन्दै आपत्तिसमेत जनाएका हुन् । गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले अराजक गतिविधि गर्न नहुने बताए । यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाइ थियो ।

नेता विश्वकर्माले गल्ती गर्नेहरूलाई मेयर साहले बयान लिने, जरिबाना गर्ने प्रावधान भए पनि आतङ्कित बनाउने काम गरेको गुनासो गरे । उनले मेयर साहको यस्तो गतिविधिले देशकाे राजनीतिक प्रणालीमाथि नै आघात पुर्‍याउने तर्कसमेत गरेका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img