Friday, June 13, 2025
राजनीतिलाज नपचेका नकचराहरूलाई एक–एक गरेर मङ्सिर ४ गते बिदा गर्नुपर्ने भएको छ...

लाज नपचेका नकचराहरूलाई एक–एक गरेर मङ्सिर ४ गते बिदा गर्नुपर्ने भएको छ : लामिछाने

spot_img

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले केही वर्ष पहिले टिभी कार्यक्रममा भनेको विवादास्पद भनाइको प्रस्टीकरण दिएका छन् ।

शनिवार सो पार्टीले खुला मञ्चमा गरेको कार्यक्रममा बोल्दै उनले कोरोना कालमा औषधीमा पनि भ्रष्टाचार गरेको प्रसङ्गमा ‘लाज नपचेका नकचराहरूलाई टुँडिखेलमा राखेर उडेर घुमेर हान्नुपर्ने त्यो पनि नाकको डाँडी भाँचिने गरी’ भन्ने अभिव्यक्ति दिएको बताए । उनले औषधीमा पनि कमिसन खाएपछि आफूले बाध्य भएर सो अभिव्यक्ति दिएको बताए । अव मङ्सिर ४ गते लाज पचेका नकचराहरूलाई भोट नदिएर बिदा गर्नुपर्ने उनले बताए ।

-Ads-

उनले भने–‘मैले लाज नपचेकाहरूलाई भनेको हो । राज नपचेकाहरूले बेथितिलाई लाज नपचाई नपचाई बेथितिलाई निरन्तरता दिए । टेलिभिजनमा कर्णप्रिय आवाजमा दुई चार शब्द बोल्न मैले नसिकेको होइन । मिठा चिल्ला कुरा गरेर दङ्ग पार्न नजान्ने पनि हैन । जब जनता कोभिडको महामारीमा मारिइरहेका थिए । त्यति बेला जनता बचाउने औषधीमा पनि कमिसन खाएपछि बाध्य भएर मैले भनेको थिएँ टुँडिखेलका विषयमा । टुँडिखेलका विषयमा टेलिभिजनबाट भनेको त्यो किकलाई मैले भोटमा बदलेको छु । त्यो किक भनेको मङ्सिर ४ गते ब्यालेट बक्समा तपाईंहरुले खसाल्ने मत हो । हिजोको भनाइलाई सच्याउन आज म टुँडिखेलमा उपस्थित भएको छु ।’

उनले आफलाई राजनीति सिक्नु आवश्यक नभएको र नसिक्ने बताए । उनले झमझम पानी परेको बेला बाटो पिच गर्नु हुँदैन भन्ने थाहा हुँदा हुँदै पिच गरिन्छ भने त्यसका लागि आफूलाई राजनीतिक सिक्न आवश्यक नभएको बताए ।

उनले अस्पताल सुधार गर्नुपर्‍यो भने कोही अगाडि नबढ्ने तर अस्पतालका लागि उपकरण खरिद गर्नुपर्‍यो सबै अगाडि बढ्ने गरेको बताए । यो देशलाई कसले कंगाल बनायो भन्ने सबैलाई थाहा भएको बताउँदै उनीहरूका बारेमा कसैले चुइँक्क नबोल्ने गरेको उनले बताए । उनले आफू टेलिभिजनको स्क्रिन छोडेर राजनीतिक फोहोर सफा गर्न आएको बताए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img