Sunday, March 16, 2025
राजनीति‘वेल डन बालेन, किप इट अप’- बाबुराम भट्टराई

‘वेल डन बालेन, किप इट अप’- बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सञ्चालन गरिरहेको अनधिकृत संरचना भत्काउने अभियानलाई समर्थन गरेका छन्।

मेयर शाहले नक्सा पास नभएका र अवैध रूपमा खडा गरिएका संरचना भत्काउने अभियान सञ्चालन गरेपछि उनलाई स्याबासी दिँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले यसलाई निरन्तरता दिन आग्रह गरेका छन्।

डा भट्टराईले अल्फाबिटा कम्प्लेक्सका सञ्चालकलाई नक्सा देखाउँदै गरेको तस्बिरसहित ट्विटरमा लेखेका छन्, ‘वेल डन बालेन शाह, किप इट अप।’

काठमाडौं महानगरपालिकाले विहिबार नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर लगाएको छ। बिहीबार दिउँसो डोजरसहित अल्फाबिट कम्प्लेक्स पुगेका मेयर बालेन र अल्फाबिटाका द्विराज शर्माको भनाभन परेको थियो। सञ्चालक शर्माले अवैध भन्नुअघि भवनको नक्सा देखाउनु पर्ने बताएका थिए।

मेयर शाह ‘तपाईंको घरको नक्सा मसँग हुन्छ’ भन्दै झोक्किएका थिए। शर्मासँग भनाभन भएपछि बालेन सोझै महानगर कार्यालय आएका थिए। कार्यालयमा आएर अल्फाबिटाको नक्सा र डोजर लिएर उनी पुनः अल्फाबिटा पुगेर अवैध संरचना भत्काएका थिए ।

baburam twitter

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img